४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नलगिने

2.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहले अझै प्रधानमन्त्रीबाट राजीनामाको अपेक्षा गरिरहेका छन् ।

प्रधानमन्त्रीले सहजै राजीनामा दिने वातावरण बनाउनका लागि आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा अविश्वासको प्रस्ताव पेश नगर्ने रणनीतिमा उक्त समूह छ । यसको अर्थ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिने अवसरमा प्रदान गर्न लागिएको प्रचण्ड–माधव समूको भनाइ छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहको समझदारीअनुसार आइतबारको संसद्‌मा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलगिने भएको हो ।

आइतबारको बैठकमा प्रधानमन्त्रीको मनोविज्ञान हेरेपछि राजीनामा नदिने संकेत पाए मात्र अविश्वास प्रस्ताव लैजाने तयारीमा उनीहरु छन् ।