४ कार्तिक २०८३, बुधबार

संसद शुरू हुनुअघि प्रचण्ड र माधव नेपालले भेटे सभामुख सापकोटालाई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । प्रतिनिधिसभाको बैठक शुरू हुनुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माध समूहका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग आज आइतबार भेटवार्ता गरेका छन् ।

सभामुख सापकोटालाई भेट्न प्रचण्ड र माधव नेपाल संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा पुगेको हुन् । उनीहरुबीच करिब आधा घण्टा छलफल चलेको बताइएको छ ।

छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन । संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दै छ ।