शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

थारु गीत ‘सनन सनन’को भिडियो सार्वजनिक

दैनिक नेपाल २०७७ फागुन २३ गते १२:११

काठमाडौ, २३ फागुन । गायक भुपेन चौधरी र गायिका अनु चौधरीको स्वरमा रहेको थारु गीत ‘सनन सनन’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भुपेनकै शब्द र संगीत तथा लोकजी मिजारको एरेन्ज, दीपेन धामीको रेकर्डिङ तथा प्रकाश केसीको मिक्सिङ छ । डान्सिङ फ्लेभरको गीतको भिडियोमा नवीन चापागाईं र रितु चौधरी फिचर्ड छन् ।

भिडियोमा अशोक के परियार र अभिषेक सेन ठकुरीको कोरियोग्राफी तथा भुपेन चौधरीको छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन छ ।

भिडियो द कन्टेन नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

हेर्नुहोस् भिडियो–

प्रतिक्रिया
सम्बन्धित