
काठमाडौं, २३ फागुन । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजदेखि शुरु हुँदैछ ।
केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ ।
गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागिता रहने छ ।















प्रतिक्रिया