९ कार्तिक २०८३, सोमबार

उचाकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, २३ फागुन । दार्चुलाको गोकुलेश्वर–रिठाचौपाता सडकखण्ड अन्तरगत उचाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक करन नाथ, गाडीधनी पदम पन्त र पन्तकी आमा सुनादेवी पन्त रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहरप्रसाद भट्टले जानकारी दिए ।

गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको बा ३ ज १६९३ नम्बरको नयाँ जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोट बन्स्याडीमा दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको हो ।

जीपमा सवार अरु चारजना घाइते रहेको स्थानीय रमेश धामीले बताए। बुद्धिपल्लब पन्त, गंगा पन्त, मुकेस पन्त र बसन्त पन्त घाइते भएका हुन् ।

सडकबाट झण्डै डेढ सय मिटर तल खसेको जीप क्षत विक्षत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।