८ कार्तिक २०८३, आइतबार

पुरानै अवस्थामा गयो म्याग्दीको तातोपानी, नुहाउनेहरूको घुइँचो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, २३ फागुन । प्राकृतिक उपचार स्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएको छ ।

कोरोना भाइरसको जोखिम र रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सुनसान बनेको तातोपानीमा स्नान गर्नेको घुइँचो लागेको छ । विसं २०७६ चैत पहिलो हप्तादेखि बन्द भएको तातोपानी गत माघ १ गतेदेखि खुला गरिएको थियो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बन्दाबन्दी हुनुअघिकै सङ्ख्यामा पाहुना स्नानका लागि आउन थालेका बताउनुभयो । ‘दश महिना बन्द भएको तातोपानी कुण्ड अहिले पुरानै अवस्थामा फर्किएको छ’, उनले भने, ‘कोरोनापछि यति धेरै मानिस आउँछन् जस्तो लागेको थिएन ।’

समितिको तथ्याङ्कअनुसार हाल तातोपानी कुण्डमा दैनिक एक हजार ५०० जनाले स्नान गरेका छन् । चाप बढेकाले तीन समूह बनाएर स्नान गर्ने व्यवस्था मिलाइएको छ । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौँलगायत देशका सबैजसो जिल्लाबाट स्नान गर्न आउने गरेका छन् ।

तातोपानी बजारका होटल र घरबास पाहुनाले भरिभराउ भएका होटल व्यवसायी कुमार केसीले बताउनुभयो । दुई सय घरधुरी भएको तातोपानीमा १० होटल छन् । सबैजसो घरमा घरबास सुविधा छ । होटलसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको व्यवसायी केसीले बताए ।

ज्वरो, रुघाखोकी लागेको हुननपर्ने र मास्कको प्रयोग अनिवार्य प्रयोग गर्नुपर्ने मापदण्ड बनाइएको छ । म्याग्दी नदीको किनारमा जमीनभित्रबाट बिरेनूनको गन्धमा निस्कने ५० डिग्री सेल्सियस तातोपानी सङ्कलन गरिएको तलाउमा एकपटकमा ३५० देखि ४०० जनाले स्नान गर्न सक्ने क्षमता छ ।

ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायतका स्वास्थ्य समस्या निको हुने भएकाले तातोपानीमा स्नान गर्न आएको बागलुङको निसीखोला गाउँपालिका–४ की कली विकले बताइन ।