९ कार्तिक २०८३, सोमबार

सप्तरीमा कटुवा पेस्तोलसहित पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सप्तरी, २२ फागुन । राजबिराज नगरपालिका–६ मेहतर टोलबाट १ थान कटुवा पेस्तोल र २ थान गोलीसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिष्णुपुर गाउँपालिका–७ बस्ने २० वर्षीय महेन्द्र कुमार शर्मा र सोही गाउँपालिका–५ बस्ने १९ वर्षीय प्रभु साह रहेका छन् ।

विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय राजबिराजबाट खटिएको प्रहरीले स.७ प ९६७० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक शर्मा र मोटरसाइकलमा सवार साहलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।