बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदै

दैनिक नेपाल २०७७ फागुन २२ गते १२:२२

काठमाडौं, २२ फागुन । काठमाडौं मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगिता शुरु हुन लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा हुने प्रतियोगितामा ५ टोली सहभागी छन् । २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेका चार टोली र सोही प्रतियोगिताको समूह चरणबाट बाहिरिएका अन्य प्रदेशका उत्कृष्ट खेलाडी छनोट गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुने छ । प्रतियोगितामा आयोजक काठमाडौं मेयर एघारसहित त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले खेल्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित