
काठमाडौं, २२ फागुन । विश्वभर हालसम्म ११ करोड ६६ लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने संक्रमितमध्ये ९ करोड २२ लाख भन्दा धेरैले संक्रमणलाई जितेर निको भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ लाख ३७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ११ करोड ६६ लाख ५० हजार ७३८ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ लाख ७१ हजारभन्दा धेरै संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमणमुक्त हुनेको संख्या ९ करोड २२ लाख ६० हजार २८५ पुगेको छ ।
होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १७ लाख ९९ हजार ३४७ छ । यसमध्ये ८९ हजार ४७२ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ४५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोका कारण मृत्यु हुनेको संख्या २५ लाख ९१ हजार १०६ पुगेको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया