बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

रियलमी ६ आई मोबाइलको मूल्य ह्वात्तै गिरावट

दैनिक नेपाल २०७७ फागुन २२ गते १०:१७

काठमाडौं, २२ फागुन । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रिय मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी ६ आईको नेपाली बजारमा मूल्य घटेको छ ।

पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।

मिडियाटेक हेलियो जी ८० प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोनमार्फत प्रयोगमा ल्याइएको थियो ।

जसमा सुनिश्चित शक्तिशाली र द्रूत प्रदर्शनका कारण यो फोन मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।

हेलियो जी ८० को प्रोसेसरका कारण यस श्रेणीको मोबाइल फोनमा विशिष्ठ ठहरिएको यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४–१२८ जीबी भेरियन्टमा रू. २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसमा अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ । यसको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको छ ।

मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्दछ जसले गुणस्तरीय तस्वीर खिच्नुका साथै गेमको स्थिर फ्रेम दर उत्कृष्ट बनाउँछ ।

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले तस्वीर उत्कृष्ट र स्पष्ट खिच्न मद्दत गर्दछ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ । जसको परिणाम स्वरुप उत्कृष्ट फोटो भिडियोको अनुभूति ग्राहकहरुले गरिरहेको सर्वविदितै छ ।

प्रतिक्रिया
सम्बन्धित