९ कार्तिक २०८३, सोमबार

भूमि आयोगसँग प्रतापपुर र सुस्ताबीच सम्झौता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोहन पौडेल

परासी, २२ फागुन । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि गठित भूमिसम्बन्धी समस्या समाधान आयोग र पश्चिम नवलपरासीका सुस्ता र प्रतापपुर गाउँपालिकाबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

आयोग र पालिकाबीच समझादारीपत्रमा हस्ताक्षरसँंगै अब गाउँपालिकामा रहेका सबैखाले भूमि समस्या समाधानको प्रारम्भिक चरणको काम शुरु भएको छ ।

भूमिहीनको समस्या समाधानका लागि स्थानीय पालिकाको कार्यक्षेत्र र पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा दुवै पालिकासँग समझदारीपत्रमा हस्ताक्षर गरिएको आयोगकी जिल्ला अध्यक्ष विमला अर्यालले बताएकी छिन् ।

सुस्ता गाउँपालिकामा अध्यक्ष रामप्रसाद पाण्डे र आयोगकी अध्यक्ष विमला अर्याल तथा प्रतापपुर गाउँपालिकामा कार्यबाहक अध्यक्ष अञ्जु चौधरी र आयोगकी अध्यक्ष अर्यालबीच छुट्टाछुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको हो ।