८ कार्तिक २०८३, आइतबार

दुई दशकपछि मेलम्चीको पानी काठमाडौंमा झर्ने, ओलीले निरीक्षण गर्ने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ फागुन । झण्डै दुई दशकपछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीको पानी सुरूङहुँदै शनिबार काठमाडौंको सुन्दरीजलमा आइपुग्दैछ ।

आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झर्ने आयोजनाले जानकारी दिएको छ । आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची नदीको पानी काठमाडौं उपत्यकामा ल्याएर खुवाउने सपना देखेका थिए । भट्टराईले मेलम्चीको पानी ल्याएर राजधानीका मान्छेको आँखा सफा गरिदिने समेत त्यस बेला भनेका थिए ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीका अनुसार आज दिउँसो २ देखि ४ बजेभित्र सुन्दरीजलमा पानी झर्ने बताए । सुन्दरीजलमा झरेको हेर्न प्रधानमन्त्री केपी ओली नै जाँदैछन्‌ ।

आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको थियो । यसअघि गएको असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको थियो ।

सुरुङ हुँदै आएको मेलम्चीको पानी केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिनेछ ।

अहिले भने परीक्षणका लागि प्रतिसेकेन्ड २६० लिटर पानी मात्रै हालिएको छ । परीक्षण सफल भएपछि प्रतिदिन १७ करोड लिटर पानी सुन्दरीजलमा आइपुग्ने आयोजनाका अधिकारीहरूले जानकारी दिएका छन्‌ ।