बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

असारदेखि नेपालमा नयाँ ब्राण्डको मोटरसाइकल भित्रिदै, ‘कक्रोज’ बने ब्राण्ड एम्बेसडर

दैनिक नेपाल २०७७ फागुन २१ गते १७:०९

काठमाडौं, २१ फागुन । विभिन्न ब्राण्डका मोटरसाइकलहरुको भीडमा आगामी असारदेखि अर्को नयाँ ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा भित्रिने भएको छ ।

चाइनिज ब्राण्ड जेनसेनका मोटसाइकल तथा स्कुटर नेपाली बजारमा भित्रिन लागेको हो । आज शुक्रबार राजधानीमा एक कार्यक्रम गरी दिइएको जानकारी अनुसार जेनसेन चाइनाको टप फाइभ ब्राण्ड हो ।

उक्त ब्राण्डका मोटरसाइकल तथा स्कुटर रिजोन मोटर्स विजनेश प्रालिले नेपाली बजारमा भित्र्याउन लागेको हो । रिजोन मोटर्सले शुक्रबार हास्य कलाकार हरिप्रसाद निरौलालाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

कम्पनीले असारदेखि देशभर डिलर खोलेर नेपाली बजारमा सेवा शुरू गर्ने बताएको छ । चीनमा टप ५ ब्राण्ड बनेको जेनसेनका नेपाली बजारमा ४०० सीसीसम्मका मोटरसाइकल तथा स्कुटर ल्याउन लागेको हो ।

रिजोन मोटर्सका अध्यक्ष खगेन्द्र बस्नेतले जेनसेनका ८ वटा उत्पादन मध्ये ३ ओटा मोडल नेपालमा ल्याउने तयारी गरिरहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित