४ कार्तिक २०८३, बुधबार

२२ तोला अवैध सुनसहित नागढुंगाबाट एक जना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २१ फागुन । २२ तोला अवैध सुनसहित काठमाडौंको नागढुंगाबाट प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट २२ तोला ३२ लाल तौलको २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर भएका ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाई नभएको उक्त तौलको सुनको सिक्रीसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सस्माललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।