बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

प्रभु बैंकद्वारा तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण

दैनिक नेपाल २०७७ फागुन २१ गते १३:५२

काठमाडौं, २१ फागुन । प्रभु बैंकले पोखरास्थित तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।

समितिमा संकलित भेटी तथा दक्षिणालाई डिजिटल पविधिमार्फत व्यवस्थापन गर्ने उद्देश्यले क्यूआर कोड हस्तान्तरण गरिएको बैंकले जनाएको छ । प्रसिद्ध फेवातालको बीच भागमा रहेको बाराही मन्दिरमा आज शुक्रबार बिहान एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यूआर कोड हस्तान्तरण गरेका हुन् ।

यो सुविधासँगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसनमार्फत सजिलै दान गर्न सक्ने छन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोबार र नगदरहित कारोबारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको बैंकको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित