शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फेसन डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टू इम्प्रेसन’ चैत १३ गते हुँदै

दैनिक नेपाल २०७७ फागुन २१ गते १३:०४

काठमाडौं, २१ फागुन । फेसन डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टू इम्प्रेसन’को सिजन–३ आगामी चैत १३ गते हुने भएको छ ।

इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टू इम्प्रेस’मा डिजाइनरहरु आफैले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुने छन् ।

प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुने छन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।

आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले शो आयोजना गर्न लागिएको हो । जहाँ आईआईएफटीबाट ६ महिने डिजाइनिङ कोर्ष पूरा गरी मोडलिङसम्बन्धी कक्षा लिएका डिजाइनरले प्रतिस्पर्धा गर्ने छन् ।

आईआईएफटीका अनुसार यसपटक ११५ जना डिजाइनरले शो मा सहभागिता जनाउने भएका छन् ।

पुल्चोकस्थित याक प्यालेसमा आयोजना हुने ‘डेस टू इम्प्रेस’का लागि मोडल तथा कोरियोग्राफी विपना थापाले प्रतिस्पर्धीहरुलाई प्रशिक्षण दिने भएकी छन् । उनले प्रतिस्पर्धी डिजाइनरहरुलाई र्याम्पमा उत्रिनुअघिको तयारीका लागि प्रशिक्षण दिने छिन् भने उक्त शोको अफिसियल एमसी रोजिन शाक्यले गर्दैछन् ।

व्यवसायी क्षेत्रका व्यक्तित्व र सेलिब्रेटीमाझ आयोजना हुने शोको प्रि–जर्जिङ राउण्ड ७ चैतमा हुने आईआईएफटीका निर्देशक शेर्पाले जानकारी दिए । यस डिजाइनिङ प्रतिस्पर्धाबाट विजेता एक जनाले अवार्ड तथा नगद पुरस्कार पाउने छन् ।

यसअघि रानी श्रेष्ठ र महेश्वरीनाथ योगीले ‘ड्रेस टू इम्प्रेस’मा अवार्ड जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित