बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सुनचाँदीको मूल्यमा आज पनि आयो ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

दैनिक नेपाल २०७७ फागुन २१ गते ११:०७

फाइल तस्वीर

काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा आज शुक्रबार पनि ठूलो गिरावट आएको छ ।

अघिल्लो दिन बिहीबार प्रतितोला १ हजार रुपैयाँले घटेको सुनको मूल्य आज पनि ९०० रुपैयाँले घटेको छ । मूल्यमा आएको ठूलो गिरावटसँगै आज छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तथा तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले कमी आएको छ । यो सँगै आज चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार र चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको थियो ।

प्रतिक्रिया
सम्बन्धित