बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

ज्योति लाइफको आईपीओ बिक्री खुला, सिंगटी हाइड्रोको चैत ६ गतेदेखि

दैनिक नेपाल २०७७ फागुन २१ गते १०:४५

काठमाडौं, २१ फागुन । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधरणका लागि आज शुक्रबारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिने छ । त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ ।

यसैबीच भर्खरै मात्र प्रभावित स्थानीयका लागि शेयर जारी गरेर बाँडफँट गरेको सिंगटी हाइड्रोपावर कम्पनीले पनि आगामी चैत ६ गतेदेखि सर्वसाधारणमा लागि साधारण शेयर जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।

सो शेयर खरिदका लागि चैत १० गतेसम्ममा आवेदन दिइसक्नुपर्ने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म म्याद थप गरिने छ ।

ज्योति लाइफको आईपीओमा न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्म र सिंगटी हाइड्रोको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित