मंगलबार, ८ जेठ २०८१
DainikNepal.com
मंगलबार, ८ जेठ २०८१

अमेरिकाले म्यानमार सरकारको एक अर्ब डलर रोकिदियो

दैनिक नेपाल २०७७ फागुन २१ गते १०:०१

न्युयोर्क, २१ फागुन । अमेरिकाले कूमार्फत् सत्ता हत्याएको र प्रदर्शनकारीमाथि बर्बर दमन गरिरहेको म्यानमारको सेनालाई अमेरिकी बैंकमा रहेको म्यानमार सरकारको १ अर्ब डलर रकम निकाल्न प्रतिबन्ध लगाइदिएको छ ।

रोयटर्सका अनुसार कू गरेको तीन दिनपछि म्यानमारको सेनाले फेडेरल रिजर्भ बैंक अफ न्यूयोर्कमा रहेको १ अर्ब डलर निकाल्न खोजेको थियो । त्यतिबेला अमेरिकाले म्यानमारका सैनिक जनरलहरूमाथि प्रतिबन्ध नलगाएको भए पनि उक्त रकम रोकिएको थियो ।

त्यसको झन्डै एक सातापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्दै म्यानमारको कूमा संलग्न सैनिक जनरलहरूलाई प्रतिबन्ध घोषणा गरेका थिए । कार्यकारी आदेशसँगै उक्त रकम अमेरिकाले अनिश्चितकालसम्मका लागि फ्रिज गर्न बाटो खुलेको छ ।

अहिले म्यानमारमाथि अमेरिका, क्यानडा, युरोपियन युनियन र बेलायतले प्रतिबन्ध घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित