६ मंसिर २०८३, आइतबार

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसद सञ्चालनबारे छलफल हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आव्हान गरेका हुन ।

प्रतिनिधि सभामा कांग्रेसको प्रस्तुति, नयाँ सरकारमा सहभागिता र प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव लगायत विषयमाथि कांग्रेसलले छलफल गर्न लागेको हो ।

प्रतिनिधि सभा बैठकमा पार्टीको रणनीति के हुने भन्ने लगायत विषयमा संसदीय दलमा छलफल हुने कांग्रेस सांसद् मीनेन्द्र रिजालले जानकारी दिए । यसअघि बिहीबार साँझ सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकमा ती विषयमा छलफल भएपनि निर्णय भने हुन सकेन ।

प्रतिनिधि सभा विघटनपछि चुनावको पक्ष विपक्षमा उभिएको कांग्रेस पुनःस्थापनापछि कित्ता क्लियरको अवस्थामा छैन ।

विघटनका बेला सभापति शेरबहादुर देउवाले चुनाव र पुनःस्थापनाका लागि तयार रहेको बताका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पुनःस्थापना हुनैपर्ने भन्दै आन्दोलनको पक्षमा उभिएका छन ।