६ मंसिर २०८३, आइतबार

प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भएको सहमतिको विस्तृत विवरणसहित आज सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री केपी ओली र विप्लव समूहका महासचिव विप्लवले सहमतिलाई सार्वजनिक गर्नेछन । बिहीबार जारी प्रेस नोटमा उल्लेख भए अनुसार आज २ बजे प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको वार्तामा सरकार र विप्लवबीच तीन बुँदे सहमति भएको थियो ।