बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

कुमारी जब र केसिएम आइटी कलेजबीच सम्झौता

दैनिक नेपाल २०७७ फागुन २० गते १९:३५

काठमडौँ, २० फागुन । लामो समयदेखि मानव संसाधन व्यवस्थापन ’रोजगारी, विकास र प्रर्वद्धन’ मा निरन्तर काम गर्दै आएको कुमारी जब प्रा.लि. र कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएमआइटी’ बीच सम्झौता भएको छ ।

विद्यार्थीहरूलाई पढाइसँगै विभिन्न सिपमुलक जीवन उपयोगी तालिम तथा रोजगारीका लागि कुमारी जब र केसिएमआइटीबीच सम्झौता भएको हो ।

कुमारी जब प्रा.लि का प्रवन्ध निर्देशक सन्देश भण्डारी र केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै कुमारी जब प्रा.लि का प्रवन्ध निर्देशक सन्देश भण्डारीले विद्यार्थीहरूको क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न तालिम प्रदान गर्नुका साथै व्यावसायिक यात्रामा सहयोग गर्ने बताए ।

यस्तै उक्त सम्झौतालाई कलेजले महत्वका साथ लिएकाले यसलाई सफल गराउन कलेज प्रतिवद्ध रहेको केसिएमआइटी कलेजका प्रिन्सिपल ललिता चन्दले बताइन् ।

यस सहकार्यबाट बीबीए, बीआईएम अध्ययनरत विद्यार्थीहरुले उपयुक्त तालिमसहित आफ्नो सिकाइ क्षमतालाई अझ बृहत् बनाउन सक्ने छन् भने रोजगारको अवसर समेत पाउने छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर कलेज अफम्यानेजमेन्ट एन्ड इन्फरमेशन टेक्नोलोजी’ केसिएमआइटी’ नेपाली विद्यार्थीले नेपालमै बसेर पनि विश्वस्तरीय गुणस्तरीय अध्ययन गर्न पाउन् भन्ने उद्देश्यका साथ स्थापित नेपालको गुणस्तरीय कलेज हो ।

यस कलेजले करिव दुई दशकदेखि विद्यार्थीहरुलाई कम लागतमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । बीसीएसहित तीनवटा स्नातक तहको अध्यनअध्यापन गराउने गर्छ ।

प्रतिक्रिया
सम्बन्धित