
काठमाडौं, २० फागुन । नेपालमा हालसम्म २ लाख ७४ हजार ४८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बिहीबारसम्म २१ लाख ७९ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा २ लाख ७४ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये हालसम्म ३ हजार १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेको यो दर १.०९ प्रतिशत हो ।
मन्त्रालयका अनुसार हालसम्म संक्रमितमध्ये २ लाख ७० हजार ६८३ जना संक्रमित निको भएका छन् । निको हुनेको यो दर ९८.६१ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७९५ जना छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ७९ हजार ४७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ७९५ जना आइसोलेसन र ५७ जना क्वारेन्टिनमा छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १०७ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ५ हजार ५३६ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार ६८३ जना पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर कोही पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । बिहीबारसम्मको विवरणअनुसार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० जना पुगेको हो ।















प्रतिक्रिया