४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिन डाइभर्सन शिलान्यास, १ लाख ८५ हजार बिघा जमीनमा सिंचाइ पुर्याइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठटमार्डौ, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सनको शिलान्यास गरेका छन् ।

आज बिहीबार सिन्धुलीको कुसुमटारमा आयोजित विशेष समारोहकाबीच प्रधानमन्त्री ओलीले बहुप्रतिक्षित उक्त परियोजनाको शिलान्यास गरेका हुन् । शिलान्यासका क्रममा प्रधानमन्त्री ओलीले तराईवासीको दैनिकीसँग जोडियो महत्वपूर्ण परियोजनाको निर्माण कार्य १ मिनेट पनि नरोक्न निर्देशन दिएका छन् ।

आयोजनाबाट १ लाख ८५ हजार बिघा जमीनमा सिँचाई गर्न सकिने र ३१ मेगावट विद्युत् उत्पादन समत गर्न मिल्ने बताइएको छ । सुनकोशी–मरिन डाइभर्सनलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ । उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा १ लाख ८५ हजार बिघा जमीनमा सिँचाइ गर्ने योजना रहेको सरकारको छ ।

‘यो महत्वपूर्ण आयोजना हो, यसले जमिनमुनी दबिएको पानीको सतह आउने पानीले माटो मलिलो बनाउँछ । पर्यावरणलाई समेत सन्तुलित बनाउँछ’, उद्घाटनपछि प्रधानमन्त्रीले भने । यो आयोजनाले तराई र पहाडलाई जोड्नुका साथै एउटा ठूलो कुराको ‘जवाफ’ दिने प्रधानमन्त्रीको भनाइ छ ।

‘जवाफ’बारे प्रष्टीकरण दिँदै प्रधानमन्त्री ओलीले भने, ‘केपी ओलीलाई मधेसविरोधी भनेर तराईमा पस्त नदिने भन्थे । तर, केपी ओलीलाई मधेसमा पस्न नदिए पनि तराई मधेसमा पानी पठाइन्छ । मुख्य मन्त्रीज्यूलाई म भन्न चाहान्छु मलाई तराई मधेसमा पस्न नदिए पनि पानी चाहिँ पस्न दिनु होला ।’

अर्को कमला सुनकोशी डाइभर्सनबाट समेत थप १ लाख ७० हजार हेक्टर क्षेत्रफलमा सिँचाई पुगेपछि तराईबासीहरूले आफ्नो स्वागतका लागि आफैं गेट बनाउने विश्वास प्रधानमन्त्री ओलीको छ ।