९ कार्तिक २०८३, सोमबार

दुई समाजिक जोडीद्वारा पीडितलाई राहत सहयोग

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २० फागुन । महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यद्वारा गोलबजार नगरपालिका वडा न. ५ का स्थाई वासी राम कुमार मोचीको भाई २६ बर्षशीय रामउदगार मोचीलाई ५ं० के.जी,चमाल,नुन र खाने तेल सहयोग गरेको छ ।

करिब ५ महिनादेखि ढोढाई मोची र उनको पतनी मुसहर्नी देवी मोचाीको छोरा राम उदगार माचीको ग्रसित रोगी जिवनको मुक्त पाउनको लागि यस लहान नगरपालिका काङ्ग्रेस नेता तथा समाज सेबि महेश चौधरी र उनको श्रीमती संगिता कार्माचार्यले पीडित राम कुमार मोचीको भाई सहित सबै परिवारलाई राहत सहयोग गरेका छन् ।

राम कुमार मोचीको परिवारमा ९ जना सदस्य रहेका छन् । महिला ४ जना पुरुष ५ जना गरी सँयुक्त परिवारमा बसोवास गरेका छन् । मोचीसँग जग्गा जमिन केहि नरहेको स्थानीयको भनाई छ । उनीको घर परिवारमा कमाउने राम कुमार बाहेक अरु कोही छैन ।

आमा वुवा अरुको खेतमा ज्याल मजदुरी परिवारलाई पालन पोषण गरेका थिए । तर यो दिमागी रोगीको कारणले सबै परिवार दुखित जिवन विताउनु परेको छ ।

खानाको लागी चमाल, दाल, नुन तेल सम्म उनीसँग छैन । भए भरको सबै रकम भाई राम उदगार मोची उपचारमै खर्च भई सकेको छ । विराटनगरको न्युरो अस्पतालमा २ महिनासम्म उपचार गराउँदा भएका १ कठ्ठा १० धुर जग्गा पनि बैँकमा राखिएको छ । दैनिक गुजाराको लागी माग चाँग गरी जिवन विताउनु परेको कुरा राम कुमार मोचीले बताछन् ।

यस्तो अवस्थाको दिन दुःखीलाई महेश चौधरी र उनको श्रीमतीले सहयोग गरेका हुन् । पीडित परिवारबाट सहयोगि हात लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

यस्तो अदारणीय समाजसेवीहरुलाई समजमा उच्च स्थान नै रहन्छ । तर यसरी मानव कर्तव्यको गुण भएको महेश चौधरी र उनको पतनी नै हो उनले वर्णन गरेका थिए ।

लहान र सिरहा जिल्ला भरीमा धेरै छन् । तर यसरी दखी,बेसहरा,पिडितलाई सहयोग गर्दै आईरहेका छन् । लकडाउनको समयमा पनि लहान नगरपालिकाको कयौँ दलित बस्ती र विपन्न परिवारहरुलाई राहत सहयोग गरेका कुरा जगजाहेर रहेका कुरा सहकर्मी राम सेवक राम बताए ।