४ कार्तिक २०८३, बुधबार

सुनको मूल्य एकैदिन तोलामा १००० हजार रुपैयाँले घट्यो

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाली बजारमा बुधबार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज बिहीबार पुनः १ हजार रुपैयाँले घटेको छ ।

मूल्य वृद्धिसँगै आज छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा बिहीबार सुन प्रति अउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स १ हजार ७१५ डलरमा कारोबार हुँदैछ । चाँदीको पनि मूल्य वृद्धि भएर प्रति अउन्स २६ डलरमा किनबेच भइरहेको छ ।