४ कार्तिक २०८३, बुधबार

प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यलाई अत्यावश्यक कामबाहेक उपत्यका बाहिर नजान निर्देशन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई अत्यावश्यक कामबाहेक उपत्यकाबाहिर नजान निर्देशन दिएको छ ।

उक्त समूहले आज बिहीबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन समेत निर्देशन जारी गरेको छ । उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई आज पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन निर्देशन दिएको हो ।

यस्तै उपत्यका बाहिर जानै परे कारणसहित जानकारी दिएर मात्रै जान उर्दी गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमलाई दृष्टिगत गर्दै जुनसुकै बेला आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट रहन निर्देशन दिइएको बताइएको छ ।