काठमाडौं, २० फागुन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
बुढानिलकण्ठमा बिहीबार दिउँसो ३ बजे पदाधिकारी बैठक बस्नेछ । कांग्रेसले शुक्रबार पार्टी संसदीय दलको बैठक पनि राखेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरेपछि रणनीति तय गर्न पदाधिकारी तथा संसदीय दलको बैठक कांग्रेसले आयोजना गरेको हो ।
सभापति देउवाले चितवनमा बुधबार आयोजित कार्यक्रममा काँधमा जिम्मेवारी आयो भने प्रधानमन्त्री पदबाट नभाग्ने प्रतिक्रिया दिएका थिए ।
सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा जान पार्टीलाई जनताले म्यान्डेट नदिएकोले प्रतिपक्षमै बस्नुपर्ने बताएका थिए ।











प्रतिक्रिया