शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चितवनबाट पहिलो पटक मुक्तिनाथ मोटर र्‍याली गरिँदै

दैनिक नेपाल २०७७ फागुन १९ गते २१:१९

चितवन, १९ फागुन । चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर र्‍याली गरिने भएको छ ।

आन्तरिक पर्यटन प्रर्वद्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर ‘नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्‍याली गरिने भएको हो ।

आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ मोटर र्‍याली हुने कार्यक्रमका संयोजक तथा नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ का अध्यक्ष राजन पियाले जानकारी दिए ।

‘र्‍यालीको मुख्य उद्देश्य थला परेको नेपाली पर्यटन व्यवसायलाई अगाडि बढाउने हो अध्यक्ष पियाले भने, साथै सुरक्षित यात्रा र मोटर खेलको विकास प्रर्वद्धन सन्देश पनि हो ।

र्‍यालीका सहभागिहरुको निगरानीलाई विभिन्न ७ स्थानमा चेक प्वाईट राखिने आयोजकले जनाएको छ । तोकिएका चेकप्वाइन्टमा र्‍यालीमा सहभागिले अतिरिक्त क्रियाकलामा सहभागि हुँदै अंक बटुल्नेछन् ।

तोकिए अनुसारको सहभागिहरुले सवारी साधान चलाउनु पर्नेछ र तोकिएका कार्यभार पूरा पनि गर्नु पर्नेछ। भने सोही आधारमा उपाधी समेत दिईने उनले बताए ।

चितवनको भरतपुररबाट सुरु हुने र्‍याली मुग्लिन, पोखरा, बेनी, लेते, मार्फा, जोमसोम हुदै मुक्तिनाथमा पुग्नेछ । जान आउन गरेर ६ सय किलोमिटरको र्‍यालीको तयारी समेत तीव्र पारेको उनले बताए ।

साथै कालीगण्डकी किनारमा मोटर स्पोर्टस् प्रतिस्पर्धाका विभिन्न खेल पनि समावेश गरिएको उनले बताए । र्‍यालीमा ३० वटा सवारी साधनमा १ सय जना सहभागी हुने आयोजकको दावी छ ।

प्रतिक्रिया
सम्बन्धित