शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

प्रचण्ड–माधव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बस्दै

दैनिक नेपाल २०७७ फागुन १९ गते ८:२९

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नागरिकता सहित अनिवार्य उपस्थित हुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको सो समूहले जनाएको छ ।

दिउँसो एक बजे बोलाइएको बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकमा निर्वाचन आयोगबाट आधिकारिकता टुंग्याउनका लागि नागरिकता सहित केन्द्रीय सदस्यहरुलाई आयोगमा उपस्थित गराउन यो समूहले तयारी पनि गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक काम गरेको भन्दै नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने प्रचण्ड–माधव समूहको माग छ ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिएपछि अब कसरी अगाडि बढ्‍ने भन्‍ने बिषयमा रणनीति तय गर्नका लागि बैठक बस्‍न लागेको हो ।

पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले बदर गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित