शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

इटालियन सिरी ए फुटबलमा सेपेजियामाथि युभेन्ट्सको सहज जित

दैनिक नेपाल २०७७ फागुन १९ गते ८:००

TURIN, ITALY – MARCH 02: Cristiano Ronaldo of Juventus battles for possession with Nahuel Estevez of Spezia Calcio during the Serie A match between Juventus and Spezia Calcio at Allianz Stadium on March 02, 2021 in Turin, Italy. Sporting stadiums around the Italy remain under strict restrictions due to the Coronavirus Pandemic as Government social distancing laws prohibit fans inside venues resulting in games being played behind closed doors. (Photo by Valerio Pennicino/Getty Images)

लण्डन, १९ फागुन । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सेपेजियामाथि ३–० गोलको जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन आल्भारो मोराटा, फेडेरिको चइसा र क्रिस्टियानो रोनाल्डोले एक–एक गोल गर्न सफल भएका हुन् ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको युभेन्ट्सले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ६२ औं मिनेटमा मोराटाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ७१ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

८९ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई ३–० गोलको जित दिलाए । जितसँगै युभेन्ट्सले लिगको शीर्ष तीनमा आफूलाई बलियो बनाएको छ ।

लिगमा २४ खेल खेलेको युभेन्ट्सले ४९ अंक जोडेको छ । पराजित सेपेजियाको २५ खेलबाट २५ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित