मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

सेनाले मुख्यालयमा बोलायो पृतनापतिहरूलाई, बुधबार गम्भीर छलफल हुने

दैनिक नेपाल २०७७ फागुन १९ गते ७:४४

काठमाडौं, १९ फागुन । मुलुकको राजनीतिक अवस्था तरलतातिर गइरहेको बेला नेपाली सेनाले पृतनापति सम्मेलन आयोजना गरेको छ ।

बुधबारबाट तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुनेछ । अन्य विविध विषयहरूमा गम्भीर रुपमा छलफल हुनेछ ।

महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर सम्मेलन शुरु हुन लागेको छ । सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिको बारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित