बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

लमजुङमा किशोरीको महिनावारी रोकिएपछि खुल्यो पोल, युवक पक्राउ

दैनिक नेपाल २०७७ फागुन १९ गते ७:१३

फाइल तस्वीर

लमजुङ, १९ फागुन । लमजुङ जिल्लामा नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ वर्षीय युवालाई पक्राउ गरेको छ ।

बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका लागि तनहुँ जिल्ला अस्पताल दमौली पठाइएको छ ।

दुई जना नातामा दाजु बहिनी रहेको जिल्ला प्रहरी कार्यालय बेसीशहरले जनाइको छ । प्रहरीका अनुसार जिल्ला अस्पताल लमजुङमा सरकारी डाक्टर नभएको र सुन्दरबजार अस्पतालका डाक्टरले जवर्जस्ती करणीमा परेकाको स्वास्थ्य अवस्थाबारे हेर्न तालिम नलिएकाले बालिकाको स्वास्थ्य परीक्षणका लागि दमौलीस्थित तनहुँ जिल्ला अस्पतालमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ओमप्रकाश पुनका अनुसार किशोरलाई लमजुङ जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

किशोरीको महिनावारी रोकिएपछि आमाले सोधेपछि नातामा दाई पर्नेले करणी गरेको जानकारी दिएकी थिइन् । घटनावारे परिवारका सदस्यले जानकारी पाए लगत्तै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीका अनुसार गत माघ महिनामा युवाले पटक–पटक करणी गरेका थिए ।

बलात्कारमा संलग्न युवाकी बहिनी र पीडित किशोरी साथी हुन् । संगै पढने र टिकटक बनाउनभन्दै पीडित किशोरी युवाको घरमा जाने गरेकी थिइन् ।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका पारेर किशोरले आफ्नै घर आएकी किशोरीलाई पटक–पटक करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । सो घट्नाको अनुसन्धान गरी युवाविरुद्ध जवर्जस्ती करणीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित