९ कार्तिक २०८३, सोमबार

सुन जस्तो देखिने पहेँलो धातुसहित पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १८ फागुन । काठमाडौँ महानगरपालिका–९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातुसहित स्याङजा चापाकोट नगरपालिका–६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

हिमालय एयरलाईन्सको बिमानबाट साउदीको रियादबाट आगमन भएका रानालाई प्रहरीले जाँच गर्दा अवैध रुपमा ल्याएको उक्त परिमाणको धातु सहित विमानस्थल पार्किङ एरियाबाट फेला पारी पक्राउ गरेको हो ।

रानालाई बारमद धातु सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।