९ कार्तिक २०८३, सोमबार

झापामा बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

झापा, १८ फागुन । बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–१० बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।