९ कार्तिक २०८३, सोमबार

पक्राउ परेकाहरूको अनुमतिविना तस्वीर खिच्ने पत्रकार पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ फागुन । अनुमतिविना पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरूको फोटो खिच्ने पत्रकार विकास श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सडक विस्तारको विरोध गर्दा पक्राउ परेका नागरिक आन्दोलनका अगुवाहरूलाई भेट्न गएका पत्रकार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनले पक्राउ परेका व्यक्तिहरूको फोटो खिचेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फ्रि प्रेस नेपालमा कार्यरत श्रेष्ठलाई सोह्रखुट्टे प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । अभियन्ताहरुबारे रिपोर्टिङ गर्न गएको बेला प्रहरीले पक्राउ गरेको श्रेष्ठले बताए ।

प्रहरीले भने अनुमतिविना अभियन्ताहरुको फोटो खिचेकाले नियन्त्रणमा लिइएको जनाएको छ ।

बालाजु बाइपास क्षेत्रको सडक विस्तार अन्यायपूर्ण भएको भन्दै विरोधमा उत्रिएका ६ जनालाई यही फागुन १२ गते प्रहरीले पक्राउ गरेको थियो ।