शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नवलपुरमा ट्रकहरू ठोक्किदा दुई जनाको मृत्यु

दैनिक नेपाल २०७७ फागुन १८ गते ८:०६

नवलपुर, १८ फागुन । नवलपुर जिल्लाको देवचुली–१ दुम्कौलीमा दुई वटा ट्रक एकआपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

पूर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिमबाट आएको ना ६ ख ३०११ नम्बरको ट्रक ठोक्किदा दुबै ट्रकका चालकको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिमबहादुर बिक रहेको रजहर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा दुबै ट्रकका सह–चालक घाइते भएका छन् ।

मृतकको शव मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटना सोमबार मध्यराति १२ बजे भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित