बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

एचआर सोलुशसनका सञ्चालक पौडेल ठगी मुद्दामा पक्राउ

दैनिक नेपाल २०७७ फागुन १७ गते १५:२४

काठमाडौं, १७ फागुन । एचआर सोलुशन प्रालिका सञ्चालक गुरुदत्त पौडेल वैदेशिक रोजगारको ठगी मुद्दामा पक्राउ परेका छन् ।

वैदेशिक रोजगार न्यायाधीकरणले २०६८ माघ १७ गते १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ नगद जरीवाना तोकेपछि फरार रहेका पौडेललाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले बागबजारबाट पक्राउ गरेको हो ।

काठमाडौंमा लुकेर बसेका देवचुली नगरपालिका–१३ का ४८ वर्षीय पौडेललाई पक्राउपछि फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जानकारी दिएको छ ।

पौडेलले सिंगापुरमा आकर्षक रोजगारीको प्रलोभन देखाई उजुरीकर्तासँग ४ लाख ५० हजार रुपैयाँ लिएको बताइएको छ । सोही आधारमा उनलाई वैदेशिक रोजगार ऐन, २०४२ को दफा २४ को उपदफा ५ बमोजिम उल्लेखित सजाय तोकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित