शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

जनश्रम आधारभूतको अभिभावक भेला सम्पन्न

विद्यालय सुधारमा अभिभावकको भूमिका महत्वपूर्ण

दैनिक नेपाल २०७७ फागुन १७ गते १४:२९

 दाङ (हापुरे), १७ फागुन । बबई गाउँपालिका–४ हस्तनापुरस्थित जनश्रम आधारभूत बिद्यालयको अभिभावक भेला तथा अर्धवार्षिक परीक्षाको नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अवसरमा विद्यालयको सुधारका लागि अभिभावकहरुसँग छलफल समेत गरिएको छ ।

कार्यक्रममा बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले गाउँपालिका क्षेत्रमा रहेका विद्यालयको सुधारका लागि प्रयास जारी राखेको बताए । शिक्षकको दरबन्दी मिलानदेखि सबै बिद्यालयमा शैक्षिक सुधारका लागि शिक्षा समितिमार्फत काम भइरहेको उनको भनाइ छ ।

यस्तै कार्यक्रमका वक्ताहरुले विद्यालयको सुधारका लागि अभिभावकको जिम्मेवारीले मात्रै विद्यालयको सुधार हुने बताएका छन् । कार्यक्रममा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर बिक, शिक्षक अभिभावक संघका अध्यक्ष छबि बिक, बिद्यालयका प्रधानाध्यापक यामप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा गत वर्षको परीक्षामा पहिलो, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने अर्धवार्षिक परीक्षाको नतिजा समेत प्रकाशन गरिएको थियो । शिक्षक हिमाल कँडेलको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक बालकृष्ण केसीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित