आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

मेगा बैंकको क्यूआर कोड सुविधा टेम्पोमा पनि

दैनिक नेपाल २०७७ फागुन १७ गते १४:१५

काठमाडौं, १७ फागुन । मेगा बैंक नेपालले टेम्पोमा पनि क्यूआर कोड सुविधा प्रदान गरेको छ ।

टेम्पोमा यात्रा गर्ने यात्रुलाई क्यूआर कोडबाटै रकम भुक्तानीको व्यवस्था मिलाएको बैंकले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा सञ्चालित टेम्पोमा मेगा बैंकले क्यूआर कोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो ।

डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको मेगा बैंकले जनाएको छ । काठमाडौं उपत्यकाका टेम्पो चालकहरुमार्फत शुभारम्भ गरिएको यो सेवा देशभर विस्तार गर्ने योजना बैंकको छ ।

यसैगरी, टेम्पो चलाएर गुजारा चलाउँदै आएका महिलाहरुलाई आर्थिक उपार्जनमा थप टेवा मिलोस् भन्ने उद्देश्यले बैंकले यसअघि नै सहुलियत कर्जा सुविधाको व्यवस्था समेत गर्दै आएको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित