४ कार्तिक २०८३, बुधबार

कुसुम राईमाथि दाउ प्रहार, बसन्त राई पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १७ फागुन । आफ्नै साथी ३४ वर्षीय कुसुम राईलाई धारिलो हतियार दाउ प्रहार गरी घाइते बनाएको अभियोगमा अर्जुनधारा नगरपालिका–१० कालीझोराका ३३ वर्षीय बसन्त राई पक्राउ परेका छन् ।

कुसुमको घरमा दुबै जनाले मादक पदार्थ सेवन गरी एक आपसमा सामान्य बादविबाद हुँदा बसन्त राईले दाउ प्रहार गर्दा कुसुम घाइते भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले बसन्तलाई आइतबार राति पक्राउ गरेको बताइएको छ ।

घाइते कुसुमको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।