शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँसहित ३ जना पक्राउ

दैनिक नेपाल २०७७ फागुन १७ गते १२:२६

काठमाडौं, १७ फागुन । काठमाडौंको कुलेश्वरबाट स्रोत नखुलेको १८ लाख ७८ हजार नेपाली रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानरगपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट सो परिमाणको नगदसहित ३ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१४ कुलेश्चर बस्ने नुवाकोट बिदुर नगरपालिका–१३ का ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँपालिका–६ का २७ वर्षीय सुमन थापा र काठमाडौ कुलेश्वर बस्ने भारत बिहार घर भएका ५६ वर्षीय सत्य नारायण प्रसाद छन् ।

उक्त स्थानमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त स्रोत नखुलेको रुपैयाँसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।

यसैबीच अवैध रुपमा ल्याएको भारतीय नोटसहित भारतीय नागरिक चतुरी यादवलाई पनि प्रहरीले सिरहाबाट पक्राउ गरेको छ । अवैध रुपमा ल्याएको २ हजार दरको ३ थान र ५ सय दरको ४ सय ८८ थान नोट गरी जम्मा २ लाख ५० हजार भारतीय रुपैयाँ सिरहा नगरपालिका–१६ स्थितबाट भारत सहरसा ग्राम किसनपुर पञ्चायत–२ का ६० वर्षीय यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बीआर ०६ एएन ०३५७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको डिकीमा लुकाई राखेको उक्त भारतीय रुपैयाँ फेला पारी उनीलाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।

यादवलाई बरामद भारतीय रुपैयाँ सहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित