
कास्की, १७ फागुन । बालबालिकालाई शारीरिक तथा मानसिक यातना दिएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
कास्कीको मादी गाउँपालिका–६ का ४५ वर्षीय ईन्द्रबहादुर थापालाई शनिबार पक्राउ गरिएको प्रहरीले बताएको छ । कमजोर आर्थिक अवस्था भएका बालबालिकाहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरी स्कुलमा पढाउने भन्दै आश्वासन दिए र थापाले शारीरिक तथा मानसिक यातना दिने गरेको प्रहरीले बताएको छ ।
उक्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थापामाथि बालबालिकासम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको तथा बालबालिकाहरुलाई हाल सिविन नेपाल संस्थामा राखी उनीहरुको घर ठेगाना र अभिभावकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।















प्रतिक्रिया