बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड–माधव सचिवालयको निर्णय

दैनिक नेपाल २०७७ फागुन १७ गते ११:५२

काठमाडौं, १७ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने निर्णय भए पनि स्थायी कमिटी बैठकको मिति भने तय गरिएको छैन ।

बैठकले पार्टीको आधिकारिकताका लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नको निम्ति अनुरोध गरेको समूका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित