
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
आज सोमबार बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा छलफल भइरहेको बताइएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बस्दै आएको सचिवालय बैठक पार्टी विभाजनपछि पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने वा नल्याउने विषयबारे छलफल भइरहेको छ । संसद पुनः स्थापनापछि सहजै प्रधानमन्त्रीले राजीनामा दिने विश्वासमा रहेका नेताद्वय दाहाल र नेपाललाई प्रधानमन्त्री ओलीले राजीनामा नदिएर अर्को झड्का दिएका छन् ।















प्रतिक्रिया