शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सन्जयलीलाको फिल्ममा अजय र आलियाको अभिनय

दैनिक नेपाल २०७७ फागुन १७ गते १०:३७

मुम्बई । बलिउड निर्देशक संजयलीला भंसालीको फिल्म ‘गंगुबाई काठियावाडी’मा अजय देवगनले अभिनय गर्ने भएका छन् ।

अजय र सन्‌जयले २२ वर्षपछि सहकार्य गर्न लागेका हुन् । उनीहरूले सन् १९९९ को सुपरहिट फिल्म ‘हम दिल दे चुके सनम’मा सहकार्य गरेका थिए ।

‘गंगुबाई काठियावाडी’को मुख्य पात्रमा अभिनेत्री आलिया भट्टको अभिनय छ । फिल्मको टिजर गत बुधबार युट्युब च्यानल पेन मुभिजबाट सार्वजनिक भएको थियो । टिजर सार्वजनिक भएसँगै आलियाको अभिनयको तारिफ भइरहेको छ ।

फिल्ममा उनी मुम्बईको कमाठीपुरस्थित एक वेश्यालयकी म्याडमको भूमिकामा देखिएकी छन् । उनी त्यहाँकी ‘रानी’ हुन् । आलियाको यो अवतार दर्शकहरूका लागि नौलो हो । सेतो साडी र निधारमा ठूलो बिन्दी लगाएर हिँड्ने आलिया फिल्ममा गंगुबाई काठियावाडीको भूमिकामा छन् ।

गंगुबाई काठियावाडी ६० को दशककी माफिया डन हुन् । उनलाई मुम्बईकी रानी भनेर समेत चिनिन्थ्यो । गंगुबाई काठियावाडीको पटकथा लेखक हुसेन जैदीको किताब ‘माफिया क्विन अफ मुम्बई’मा लेखिएको गंगुबाई काठियावाडीको कथामा आधारित छ ।

प्रतिक्रिया
सम्बन्धित