६ मंसिर २०८३, आइतबार

विप्लवका इञ्चार्ज पक्राउ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरिवन, १७ फागुन । प्रहरीले महोत्तरीबाट विपल्व समूहका महोत्तरी–सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।

विभिन्न घटना, चन्दा तथा आतंक मच्चाएको आरोपमा प्रहरीले कमलबहादुर सुसलिङलाई पक्राउ गरेको हो । आइतबार राति महोत्तरी प्रहरीले उनलाई गौशाला नगरपालिका ११ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सर्लाहीमा चन्दा आतंक मचाएपछि प्रहरीले खोजी सूचिमा राखेका शुसलिङ्गलाई आइतबार साझ पक्राउ गरीएको हो । महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले सुसलिङ पक्राउ परेको पुष्टि गरेका छन ।