बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

भारतीय प्रधानमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

दैनिक नेपाल २०७७ फागुन १७ गते ९:१७

नयाँदिल्ली, १७ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

मोदीको फेसबुक पेजका अनुसार सोमबार बिहान उनले एम्स अस्पतालमा पुगेर कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

उनले खोप लगाउने आफ्ना नगारिकहरूलाई अपील पनि गरेका छन् । सबै नागरिकलाई खोप निःशुल्क लगाइने मोदीले जनाएका छन् ।

कोरोनाविरुद्धको लडाइँमा खोप बनाउने वैज्ञानिक र डाक्टरहरूलाई भारतीय प्रधानमन्त्री मोदीले धन्यावाद दिएका छन् ।

‘म सबैलाई अपील गर्दछु कोरोनाविरुद्धको खोप लिन योग्य छन्’, उनले भनेका छन्, ‘हामी सबै मिलेर भारतलाई कोरोना मुक्त बनाऔँ ।’

प्रतिक्रिया
सम्बन्धित