काठमाडौं, १७ फागुन । चीनले बन्द गरेको रसुवाको केरुङ नाका सञ्चालन गर्ने भएको छ ।
आइतबारदेखि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ । प्राविधिक कारणले एक–दुई दिन विलम्ब भए पनि यो हप्ताभित्र केरुङ नाका खुल्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छिन ।
रसुवागढी भन्सारका कोरोना पोजेटिभ देखिएका मजदुर सङ्क्रमणमुक्त भइसकेको तथा उनीहरूले खोप लगाइसकेको सन्देश चिनियाँ अधिकारीलाई पुर्याउन नसकिएकाले समस्या भएको कार्यालयका प्रमुख रामप्रसाद रेग्मीबताए ।











प्रतिक्रिया