बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

इङ्ग्लिस प्रिमियर फुटबलमा युनाइटेड र सिटी अङ्क दूरी १२ घट्यो

दैनिक नेपाल २०७७ फागुन १७ गते ८:४४

लण्डन, १७ फागुन । इङ्ग्लिस प्रिमियर फुटबलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी १२ मा झारेको छ ।

आइतबार राति भएको खेलमा चेल्सीसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले २६ खेलमा ५० अङ्क जोड्दै पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अङ्क दूरी घटाएको हो ।

म्यानचेस्टर सिटीको समान २६ खेलबाटै ६२ अङ्क छ । चेल्सी ४४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलको जितमा खेलको ४८ औँ मिनेटमा कर्टिस जोनले गोल गरे । खेलको ६४ औँ मिनेटमा सेफिल्डका केन ब्रायनले आत्मघाती गोल गरे ।

आइतबार राति नै भएको खेलमा टोटेनह्यामले सानदार जित निकालेको छ । उसले बनर्ली ४–० गोल अन्तरले पराजित गरेका छन ।

टोटेनह्यामलाई जित दिलाउन ग्यारेथ बेलले खेलको २ र ५५ औँ मिनेटमा गरी दुई गोल गरे । यस्तै, ह्यारी केन र लुकास मौराले एकरएक गोल गरे । जितसँगै टोटेनह्यामले २५ खेलमा ३९ अङ्क जोडेर तालिकाको आठौं स्थानमा छ ।

बनर्ली २८ अङ्क जोडेर १५ औं स्थानमा रहेको छ । अर्को खेलमा आर्सनलले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेस र फुलह्यामले गोलरहित बराबरी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित